sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल विद्युत् प्राधिकरणको नौ महिनामा नाफा ११ अर्ब

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब छ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हक सम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानी लगायतमा जम्मा ८२ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यसअवधिमा ११ अर्ब छ करोड रुपैयाँ नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड रुपैयाँ थियो । गत आवको मुनाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

विद्युत् चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट ६८ अर्ब ८९ करोड रुपैयाँ खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका ३८ अर्ब २० रुपैयाँ भुक्तानी गरिएको छ ।

यसअवधिमा हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

आफ्नो स्रोतबाट झन्डै १८ अर्ब खर्च

प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आर्थिब वर्षको चैत महिनासम्ममा १७ अर्ब ८२ करोड रुपैयाँ विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ ।

यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई एक अर्ब ६३ करोड रुपैयाँ ऋण दिएको छ ।

सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा १९ अर्ब ४५ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट १४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारको बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरण तर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरण तर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको छ ।

gold
kumari bank
nawakantipur long