सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव
काठमाडौं । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ र २०७८/०७९ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांशकर प्रयोजनसहित ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई आवको साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको उक्त साधारण सभा आगामी वैशाख ३१ गते ललितपुरेको नेवा ब्याम्बो कटेजमा आयोजना हुनेछ ।