macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी को खुद नाफा बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को खुद नाफा बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो ।

पुस मसान्तसम्ममा कम्पनीले ७५ करोड २७ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११।४७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६७ करोड ५२ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी दोस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी १८१.६२ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी भने १९.३७ प्रतिशत घटेको छ।

चुक्ता पुँजी बढे पनि नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य सुधार भएको छ । चालू आवको ६ महिनासम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ पैसा बढेर ६.६१ रुपियाँ पुगेको छ।

त्यस्तै, प्रतिशेयर नेटवर्थ १०८.३ रुपियाँ र मूल्य आम्दानी अनुपात २८.०३ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ । २२ अर्ब ७७ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ८९ करोड रुपियाँ सञ्चित छ।

himalayan life insurance
igi long
NTA long ad