macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

युनाइटेड मेवा खोलाले आइपीओ निष्काशन गर्ने

विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ विक्री गर्ने भएको छ । जसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  सो सम्बन्धी डिल्लीबजार, काठमाडौंमा दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

himalayan life insurance
igi long
NTA long ad