macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

 भगवती हाइड्रोपावरले  पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक  

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । भगवती हाइड्रोपावरले चालु अर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण भर्खरै सार्वजनिक गरेको छ ।

यसअवधिमा यस कम्पनीको खुद नाफा ३४.३८ % ले घटेर १ करोड ४२ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १.२३ % ले बढेर ३ करोड ९० लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ३ करोड ८५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपनि प्रशासनिक खर्च बढ्दा यस कम्पनीको खुद नाफा प्रभावित भएको हो । गत वर्ष ६९ लाख २८ हजार रुपैयाँ रहेको प्रशासनिक खर्च यो वर्ष १ अर्ब ९५ लाख रुपैयाँ पुगेको छ । अ

सोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३५ पैसा छ । चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँ छ ।

himalayan life insurance
igi long
NTA long ad