macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

शिव श्री हाइड्रोपावरको नोक्सानी घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरको नोक्सानी घटेको छ । गत वर्ष यसैअवधिमा ३ करोड ४८ लाख ३२ हजार रुपैयाँ रहेको नोक्सानी यो वर्ष ७२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ ।

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानी घटेको हो ।विद्युत् बिक्रीबाट हुने आम्दानी १०.३१ % ले बढेर १७ करोड १० लाख २४ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यसैअवधिमा यसले १५ करोड ५० लाख ३७ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो ।

गत वर्ष १३ करोड ८० लाख ४९ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १५ करोड १८ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा शिव श्री हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ३९ रुपैयाँ ९२ पैसा छ ।

himalayan life insurance
igi long
NTA long ad