citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ३३ करोड ५९ लाख २६ हजार ६०० रुपैयाँको कुल ७.३७ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले सत्रौँ वार्षिक साधारणसभा आउँदो पुस १२ गते आयोजना गर्ने निर्णय गरेको छ। वार्षिक साधारणसभा सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु स्वीकृति गर्नेछ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि यही मंसिर २५ गते बुक क्लोज गर्ने निर्णय गरेको। यसको मतलब मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन र लाभांश पाउनेछन्।

himalayan life insurance
igi long