citizens life insurance long ad
stcnepal long ad
national life

असोज २३ गतेदेखि चिरख्वा हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ जारी गर्ने

२% अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५% अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ ।

Prabhu Insurance Long Ad

काठमाडौं । असोज २३ गतेदेखि चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । यसअघि यस कम्पनीले १०% अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

२% अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५% अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

स्थानीयले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो । यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

रेटिङ एजेन्सी  इक्रा  नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

himalayan life insurance
igi long