citizens life insurance long ad
stcnepal long ad

वैदेशिक रोजगारीमा रहेकालाई मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले बुधबार आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १० कित्ता देखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकलाई छनौट गरी १० कित्ताका दरले ७४ हजार ८४० कित्ता आइपीओ बाँडफाँट गरेको जनाएको छ ।

यसमा गोलाप्रथामार्फत कुल ७ हजार ४८४ जनाले सेयर हात पारेका छन् ।कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको थियो ।

जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयरको लागी आवेदन परेको थियो । योमध्ये विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट प्राप्त ५८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको थियो ।

आवेदन रुजुगर्दा ७ जना आवेदकबाट २६० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदन रितपूर्वक नदेखिएकाले उक्त आवदेन रद्द गरिएको कम्पनीले जनाएको छ ।

बाँकी हुन आएको २९ हजार ६४१ जना आवेदकहरुबाट प्राप्त ६ लाख ४५ हजार ३०० कित्ता सेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइटर मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ ।

साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

IME Life
kumari