stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

डोटीमा बीमा कार्यक्रम शुरुआत

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । डोटीमा स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा दुई वृद्धालाई बीमा गरी यसको शुभारम्भ गर्दै बीमा अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

बीमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता व्यक्ति, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए । त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ । एक घरका एकदेखि पाँचजनालाई रु तीन हजार ५०० र पाँचभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ ।

सुदूरपश्चिमका नौवटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । हालसम्म ४८८ स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भइसकेको जनाइएको छ । विसं २०७२ चैत २५ गते पहिलो पटक कैलालीबाट सो कार्यक्रमको शुभारम्भ भएको थियो । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा भूषण मिश्रले भने, “सुदूरपश्चिमका सबै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यान्वयनमा आएको छ ”

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long