फाइबरको मात्रा कति लिनु पर्छ रु कुन खानेकुरामा धेरै पाइन्छ ?

भिटामिन लगायतका अन्य तत्त्व जसरी फाइबर पनि हाम्रो शरीरका लागि जरुरी हुन्छ । खानामा फाइबरको राम्रो मात्रा नहुँदा कब्जियत र टाइप–२ डायबिटिज जस्ता समस्या हुन सक्छन्।
दैनिक कति मात्रामा फाइबर लिनु पर्दछ रु विस्तारमा जानौं
फाइबर कार्बोहाइड्रेटको रुप हो । तर, यो धेरै जटिल हुने भएकाले पेटले यसलाई तुरुन्तै पचाउनुको साटो विस्तारै पचाउँछ ।
जसले गर्दा फाइबर तपाईंको पेटमा लामो समयसम्म रहन्छ र भोक पनि कम लाग्छ । तौल कम गर्न चाहने व्यक्तिका लागि फाइबर एकदमै फाइदाजनक हुन्छ ।
एक अध्ययनअनुसार एक दिनमा एक व्यक्तिले २४ देखि २९ ग्राम फाइबर सेवन गर्नु पर्दछ । यसका लागि तपाईं स्याउ र दलिया सेवन गर्न सक्नुहुन्छ । स्याउमा ३।४ ग्राम फाइबर पाइन्छ । त्यस्तै दलियामा १२ ग्राम फाइबर हुन्छ ।
फाइबर पेटका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको पाचन प्रणाली पनि राम्रो हुन्छ । साथमा यसले कब्जियत, अपच र ग्यासको समस्या कम गर्छ । फाइबरयुक्त चिजको सेवनले लामो समय भोक नलाग्ने भएकाले तौल पनि नियन्त्रणमा रहन्छ ।
मधुमेहका बिरामीले विशेषगरी फाइबरयुक्त चीज सेवन गर्नुपर्दछ । फाइबरले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्दछ । साथमा यसले मधुमेह पनि नियन्त्रण गर्छ ।
शरीरमा फाइबरको मात्रा बढाउन गहुँ, जौ, कोदो, राजमा, स्याउ, बदाम जस्ता चिज सेवन गर्न सक्नुहुन्छ । विभिन्न हरियो तरकारी तथा सागमा पनि फाइबरको मात्रा भरपूर हुन्छ ।