citizens life insurance long ad
stcnepal long ad

लकडाउन जेठ २० गतेसम्म लम्बियो

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथामका लागि जारी गरेको लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। उच्च स्तरीय सन्वयन समितिको सिफारिसका आधारमा  आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९५ जना पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।

IME Life
kumari