नबिल र एनबी बैंक मर्जरको मुद्दा फिर्ता
मर्जका विरुद्धमा सर्वोच्चले आन्तरिम आदेश दिन लागेका बेलामा मुद्दा फिर्ता
काठमाडौं । नबिल बैंक लि.र नेपाल बंगलादेश बैंक लि. बीचको प्राप्ति सम्बन्धी मुद्दा फिर्ता भएको छ । नेपाल बंगलादेश बैंक लि. का संस्थापक लक्ष्मीबहादुर श्रेष्ठलेले सर्वोच्च अदालतमा दायर गरेको मर्जर सम्बन्धि मुद्दा फिर्ता लिएका छन।
एनबि समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रा.लि. र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि.ले गत बैशाख १९ र २१ गते मर्जर सम्झौता विरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेर अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुबै पक्षलाई छलफलमा बोलाएर पेशी समेत तोकि सकेको थियो । तर, यस्तो अबस्थामा लक्ष्मी बहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएका छन् ।
मर्जका विरुद्धमा सर्वोच्चले आन्तरिम आदेश दिन लागेका बेलामा मुद्दा फिर्ता लिएका छन। लक्ष्मीबहादुर श्रेष्ठले भने– नेपाल बैंगलादेश बैंक लि. ले राम्रो पार्टनर पाएकाले मर्जलाई सहजिकरण होस भनेर मुद्दा फिर्ता लिएको छु।
मर्जको प्रस्ताव पारित गर्नका लागि दुबै बैंकले मर्जर प्रस्ताव पारित गर्न यही जेठ ७ गते विशेष साधारण सभा बोलाएका छन् । बैंकले आगामी असारदेखि संयुक्त कारोबार गर्ने योजनामा सम्पूर्ण काम समेत भइसकेको छ । हाल नेपाल बङ्गलादेश बैंकमा नेपाली सफ्टवेयर पुमरी चलाइएको छ ।
नबिल बैंकमा अर्याकल सफेवेयर चलिरहेको छ । तर, अब बगलादेश बैंकमा चलाइएको पुमरी सफ्वेयरबाट ओर्याकल्समा बगलादेश बैंकको सम्पूर्ण डाटा तयार भइसकेको छ । मर्जका लागि बंगलादेश बैंकका शेयर धेनीले १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता शेयर पाउने भएका छन् ।




















