citizens life insurance long ad

नेपाल राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै 

सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नै भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चैत्र २९ गते जारी मिति तोकिएको उक्त ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । यसरी जारी हुने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेका छन् ।

सो मध्ये आठ अर्ब र दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको र पाँच अर्ब रुपैयाँको ट्रेजरी नयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार २८ गते, २०७९ असोज २५ गते र २०७९ चैत्र २८ गते तोकिएको राष्ट्र बैंकको भनाइ छ । गत साता अर्थात यही चैत्र २१ गते पनि राष्ट्र बैकले ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको जानकारी दिएको छ ।

IME Life
kumari