citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

यस्तो छ मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था

kumari bank
Prabhu Insurance Long Ad
global bank
आर्थिक सञ्जाल बुधबार, ५ चैत्र २०७६
काठमाडौं । मुलुकको अर्थतन्त्रको गति सुधार हुँदै गएको केन्द्रीय बैंकले जानकारी दिएको छ । चालु आर्थिक वर्षको माघ महिना (सातौ महिना) सम्म आइपुग्दा आयात ३.६% ले घटेको छ भने निर्यात २२.४% ले बढेको छ । यस अवधिमा मूल्य वृद्धि (वार्षिक सूचकांकको आधारमा) ६.८७%  रहेको छ । ७ महिनाको औसत मूल्य वृद्धिदर भन ६.४७% रहेको छ । तर यसअवधिमा रेमिटेन्स आय भने ०.५% ले घटेको छ ।

यता, माघ महिनासम्ममा २१ अर्ब ६१ करोड रुपैयाँ शोधनान्तर बचतमा रहेको केन्द्रीय बैंक छ । पुसमा यस्तो बचत २६ अर्ब ६५ करोड रुपैयाँ थियो । मुलुकबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा रहने गर्छ । ७ महिनामा कुल विदेशी विनियम सञ्चिति १० खर्ब ९६ अर्ब ६८ करोड बराबर रहेको छ । यो सञ्चितले साढे ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले बताएको छ ।

संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च ४ खर्ब ४९ अर्ब २३ करोड रुपैयाँ र राजस्व परिचालन ५ खर्ब ५१ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यसअवधिमा विस्तृत मुद्राप्रदाय ५.६% ले बढेको छ भने वार्षिक विन्दूगत आधारमा यस्तो मुद्राप्रदाय १३.८% बढेको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.४% र निजी क्षेत्रतर्फको कर्जा ८.९% ले बढेको छ । वार्षिक विन्दूगत आधारमा निक्षेपको वृद्धिदर १५.६% र कर्जाको वृद्धिदर १४.१% रहेको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.४% र निजी क्षेत्रतर्फको कर्जा ८.९% ले बढेको छ । वार्षिक विन्दूगत आधारमा निक्षेपको वृद्धिदर १५.६% र कर्जाको वृद्धिदर १४.१% रहेको छ ।

gold
himalayan life insurance long ad