नेपाल राष्ट्र बैंकले ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
यस ट्रेजरी बिल भोलि असार २२ गते,दिउँसो ३ बजे बोलकबोल भएर पर्सी असार २३ गते बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।