stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ बाट ६० लाख कित्ता आइपीओ खुला गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले  आगामी मंसिर २९ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म भर्न सकिनेछ ।

प्रभु लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

लगानीकर्ताले मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।

उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनु पर्दछ ।

IME Lifesidebar
kumari