stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईसी बैंकको मोबाइल बैंकिङ्गबाट दशैँमा दक्षिणा दिँदा १० प्रतिशत रकम बैंकले थपिदिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एशिया बैंकले डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहकले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने बैंकले जनाएको छ ।

यो योजना यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ ।

यस योजनाअन्तर्गत मोबाइल बैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकले मोबाइल बैंक एपमा रहेको ‘डिजिटल दक्षिणा’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कमा दक्षिणा जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले कार्तिक १ गतेदेखि मंसीर ५ २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari