citizens life insurance long ad
stcnepal long ad

आईजीपी बढुवामा तीन जनाको प्रतिस्पर्धा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीका आईजीपी चन्द्र कुबेर खापुङ यही कार्तिक २७ गते ३० वर्षे सेवा अवधि पूरा भएर अनिवार्य अवकास हुँदैछन।

नेपाल प्रहरीको ३३ ओैं आईजीपीमा कसलाई बढुवा गर्दा भनी नेपाल प्रहरी भित्र चासो र कौतुहलता बढेको छ। वरिष्ठताका आधारमा बढुवा होला कि वरिष्ठता मिचेर बढुवा होला भन्ने चर्चा पनि लिएको छ।

यस पटकको आईजीपी बढुवामा वरिष्ठता मिच्ने षड्यन्त्र र चलखेल भैरहेको चर्चा छ। सरकारले कार्तिक २७ गते भन्दा अगाडिनै भावी आईजीपीमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्कीलाई स्वभाविक बढुवा गर्नुपर्ने प्रहरीभित्र चर्चा छ। उनलाई बढुवा नगर्न षड्यन्त्र भैरहेको पनि बताइन्छ।

नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको प्रमुख रहेका एआईजी कार्कीलाई गत भदौ २४ को जेनजी आन्दोलन नियन्त्रण गर्न तात्कालिक केपी शर्मा ओलीले पठाएको थियो।

उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय सम्हालेकै दिन देशभर जेनजी विद्रोहीकारीहरूले सरकारी कार्यालय,पार्टीका कार्यालय भवन, नेताका घर,व्यापारीक भवन,व्यवसायिक स्थल,पसल,उद्योगहरू माथि आक्रमण,तोडफोड,लुटपाट र आगजनी गरि क्षति पुर्‍याएका थिए।

प्रहरी कार्यालय, जेलमा पनि आगजनी गरिएको थियो। प्रहरीका हातहतियार,गोलीगठ्ठा,बन्दोबस्तीका सामान,लत्ताकपडा लुटिएका थिए,फर्निचर जलाइएका थिए। काठमाडौं उपत्यका भित्र प्रहरी रक्षात्मक अवस्थामा रहेको थियो।

आन्दोलनकारीले तीन जना प्रहरीलाई कुटपिट गरि मारेका थिए। त्यो अवस्थामा एआईजी कार्कीले दरो कमाण्ड गर्न नसकेको,सरकारी कार्यालय,पार्टी कार्यालय,नेताका घर,व्यापारिक भवन, उद्योगहरू तोडफोड,लुटपाट र आगजनी रोक्न नसकेको आरोपमा आईजीपीमा बढुवा नगर्ने ठुलो चलखेल भैरहेको छ।

सरकारले यसै साताको मन्त्रीपरिषदको बैठकबाट नेपाल प्रहरीको भावी आईजीपी बढुवा गर्दैछ। कार्कीका पक्षमा गृहमन्त्री ओम प्रकाश अर्याल रहेपनि प्रधानमन्त्री सुशीला कार्की भने केन्द्रीय अनुसन्धान व्युरोका एआईजी डा. मनोज केसीलाई आईजीपी बढुवा गर्ने पक्षमा देखिएको चर्चा छ।

तर मानवस्रोतका एआईजी राजन अधिकारी पनि आईजीपी बन्न राष्ट्रपति रामचन्द्र पौडेल,पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी सम्मको दबाब दिएर बढुवा हुन चलखेल गरिरहेका छन। केन्द्रीय अनुसन्धान व्युरोका एआईजी डा. मनोज केसी पनि बढुवाका लागि तिव्र चलखेलमा छन।

प्रहरीको भावी आईजीपी बढुवामा पहिलो नम्बरका एआईजी कार्की स्वभाविक दाबेदार हुन। उनको बढुवा हुँदा प्रहरीमा असन्तुष्टि देखिदैन। तर उनलाई बढुवा नगरि दोस्रो वा तेस्रो वरियताका एआईजीलाई बढुवा गरियो भने असन्तोष बढने, सिनियर एआईजीले राजिनामा दिन सक्ने सम्भावना हुन्छ।

तर पनि विगतमा डेढ वर्ष जुनियर एआईजीलाई पनि आईजीपीमा बढुवा गरेको ईतिहास छ। सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको घोषणा गरेको छ। त्यो निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित बातावरणमा सफल पार्न पनि सरकारले पत्याएको एआईजीलाई आईजीपीमा बढुवा गर्नु स्वभाविक हो।

सरकारले अहिले डा. केसीलाई पत्याउन लागेको देखिन्छ। यदी पहिलो वरियताका कार्कीको बढुवा गरिएन भने कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्ने क्षमता,नेतृत्व प्रदान गर्ने कुशलता र मातहतका प्रहरीलाई प्रेरित र परिचालन गर्न सक्ने सामर्थका आधारमा केन्द्रीय अनुसन्धान व्युरोका एआईजी डा.केसीलाई बढुवा गर्नु उपयुक्त हुने उच्च प्रहरी अधिकृतहरू बताउछन।

२०५४ चैत्रमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका कार्की,डा.केसी र अधिकारी डिएसपीदेखि डिआईजी बढुवासम्म एक,दुई र तीन नम्बरमा बढुवा हुँदै आएका थिए। तर गत बैशाख १४ मा एआईजी बढुवा हुँदा भने डा. केसीलाई पछाडि पारेर कार्की पहिलो,अधिकारी दोस्रो र डा। केसीलाई तेस्रो वरियतामा बढुवा गरिएको थियो।

यसले डा. केसीलाई अन्याय भएको थियो। सहकारी ठगीका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा उनलाई सहयोग गरेको भन्दै अघिल्लो सरकारका गृह मन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीले डा.केसीलाई बढुवामा अन्याय गरेका थिए।

डा.केसी संविधान,ऐन कानुन र माथिल्लो निकायको नीति निर्देशन बमोजिम जोखिम लिएर कनम गर्न सक्ने व्याक्ति हुन। उनी दबाब भन्दा पनि ऐन कानुन बमोजिम काम गर्ने एआईजी हुन।

यी सबै मापदण्डका आधारमा वस्तुगत परीक्षण गर्दा अहिले आईजीपी बढुवाको पहिलो बरियताका एआईजी दानबहादुर कार्की, दोश्रो राजन अधिकारी, तेश्रो डा।मनोज केसी र चौथोमा सिद्वि विक्रमा शाह छन।

एआईजी शाह राष्ट्रिय अनुसन्धान विभागमा २०५३ साल पुस ५ मा अनुसन्धान अधिकृत पदमा भर्नाभई २०५८ पुस २८ मा नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए। उनले प्रहरीमा २०६० सालमा इन्स्पेक्टरको तालिम सिध्याएका थिए। शाह हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका एआईजी रहेका छन।

भावी आईजीपी बढुवामा यी चारै जना एआईजी योग्य र सक्षम भएपनि उत्कृष्ट क्षमतामा कार्की र डा. केसी मात्र अगाडि हुन। अन्य एआईजी ओैषत क्षमताको रहेको प्रहरी स्रोतको दाबी छ। कार्की गुल्मी र डा। केसी नुवाकोटका स्थायी बासिन्दा हुन।

प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार नेपाल सरकारले प्रहरी महानिरीक्षक नियुक्त गर्दा ज्येष्ठता,कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता,नेतृत्व प्रदान गर्न सक्ने कुशलता र मातहत प्रहरीलाई प्रेरित र परिचालित गर्न सक्ने सामर्थ्यका आधारमा गर्ने मापदण्ड तोकिएको छ। चारै जना एउटै व्याची भएकाले जेष्ठतामा कोही अगाडि पछाडि हुँदैन।

तर यो मापदण्ड देखाउनका लागि मात्र रहेको जस्तो गरि आईजीपी बढुवाको चलखेल भैरहेको छ। विगतमा शेर बहादुर देउवा प्रधानमन्त्री र विमलेन्द्र निधि गृह मन्त्री हुँदा सिनियर डिआईजी नवराज सिलवाललाई आईजीपी बढुवा नगरि सुदुर पश्चिमका नाताले जय बहादुर चन्दलाई बढुवा गरिएको थियो।

IME Life
kumari