नेकपाकाे विवाद महाधिवेशनमा !
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।
ओलीकाे याे प्रस्तावमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन्। नेकपाका शिर्ष नेताहरुको दबावका बावजुद ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका बेलामा ओलीले अकस्मात महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन ।
यसमा वरिष्ठ नेता झलनाथ खनाल,माधव कुमार नेपालले पार्टी एकताले पूर्णता नपाइ सकेकाे वर्तमान अवस्थामा मंसिरमा दसाै एकता महाधिवेशन हुन नसक्ने वताएकाे र उपाध्यक्ष वामदेव गाैतम माैन रहेका छन ।
ओली र प्रचण्ड एकता महाधिवेशन गर्न सहमत भएपछि हिजाे रातिनै राष्ट्रपति विधादेवी भण्डारीलाई भेटन शितल निवास गएका थिए ।
ओलीले महाधिवेशन मार्फत अध्यक्षकाे नेतृत्व छाडने चाहाना राखेकाे र प्रचण्डले त्यसमा ओलीकाे विश्वास गरि साथ दिएकाे नेकपा स्रोतले जानकारी दिएकाे छ ।
तर नेकपा नेताहरुले मंसिरमा एकता महाधिवेशन असम्भव रहेकाे बताएका छन् । ओलीकाे नयाँ जालमा प्रचण्ड पनि फसेकाे पूर्व माओवादी केन्द्रका नेताहरूले असन्तुष्टि जनाउदै बताउन थालेका छन्।
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन । तर प्रधानमन्त्री ओलीको प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका थिए ।
विगतमा पनि यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले यसवारे स्थायी समिति बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
महाधिवेशन गर्न केन्द्रीय बैठक बाेलाउनु पर्ने हुन्छ । त्याे बैठक बाेलाएर महाधिवेशन गर्ने निर्णय गर्न ओली तयार रहेकाे हिजाेकाे बैठकमा छलफल भएकाे थिथाे ।
आज बस्ने स्थायी समिति बैठकमा यसवारे बृहत् छलफल गरि पारित गरिदैछ । प्रधानमन्त्री ओली मंसीरसम्म पार्टी अध्यक्ष र प्रधानमन्त्री पद टिकाउन सफल भएकाे टिप्पणी गरिदैछ ।



























