Everest Bank
nabil bank
national life
stcnepal long ad

वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने निर्णय

फाइनान्स कम्पनी संघको वैठकले मुद्दति निक्षेपको ब्याज दर ०.२० प्रतिशत विन्दुले घटाउने निर्णय ग

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन् । फाइनान्स कम्पनी संघको वैठकले मुद्दति निक्षेपको ब्याज दर ०.२० प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो ।

फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक वर्षको मुद्दति निक्षेपको ब्याज दर ०.२०प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए ।

संघले तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको छ । अहिले फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दति निक्षेपमा १२.१० प्रतिशत ब्याज दिंदै आएकोमा चैत १ गतेदेखि ११.९० प्रतिशत ब्याजदर दिने निर्णय गरेको हो ।

‘फाइनान्स कम्पनी संघले बचतको ब्याज दरमा कुनै सहमति गरेको छैन । कम्पनीहरुले आफ्नो सहजताका हिसाबले बचतमा ब्याज दिन सक्ने छन्’ उनले भने ।

वाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागू हुने बचतको ब्याज दर मात्र घटाएका छन् । विकास बैंकहरुले भने मुद्दति र बचत दुबैको घटाएका छन् ।

२९ फागुन २०७९, सोमवार १७:५४ बजे प्रकाशित

stcnepal long ad