Everest Bank
nabil bank
national life
stcnepal long ad

खल्ती र गुडविल फाइनान्सबीच सम्झौता

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । खल्ती र गुडविल फाइनान्सबीच सम्झौता भएको छ । अब खल्ती प्रयोगकर्ताले गुडविल फाइनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाइनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको छ ।

गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन्। यति मात्र नभएर गुडविल फाईनान्स खाता खल्ती संग लिंक गरि खल्ती लोड गर्ने झन्झट बिना सिधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

खल्तीमा बैंक लिंक गरे पश्चात खल्तीबाट हुने हरेक कारोबारमा सिधै बैंक खाताबाट पैसा काटीनेछ । साथै यस सम्झौता पश्चात खल्ती प्रयोगकर्ताले अब गुडविल फाईनान्सको खातामा पैसा पठाउन पनि सहज भएको छ ।

यसका साथै ‘खल्ती’को अर्को ठूलो फ्लाईट बुकिङ्ग अफर अन्तर्गत हरेक दिन एक भाग्यशाली बिजेताले १ रुपैयाँमा फ्लाईट टिकट र बम्पर उपहार स्वरूप वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गरेको छ ।

१५ फागुन २०७९, सोमवार १७:१२ बजे प्रकाशित

stcnepal long ad