नेप्सेमा पोखरा फाइनान्सको १ करोड ९० लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मर्जर प्रक्रियाका कारण रोक्का रहेको सेयरलाई नेप्सेले आवश्यक प्रक्रिया पूरा गरी सूचीकरण गर्नुका साथै कारोबारसमेत फुकुवा गरेको हो ।
साबिक पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ सेयर स्वाप अनुपातमा भएको मर्जरपछि कायम भएको सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
मर्जरपछि पोखरा फाइनान्स लिमिटेड (पीएफएल) को नाममा कायम भएको उक्त साधारण सेयरको अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।
कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको जनाइएको छ ।























