stcnepal long ad
global ime bank long

प्रोग्रेसिभ फाइनान्सको २ लाख बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख १ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। निवेदन काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari