मञ्जुश्री फाइनान्सको खुद नाफासँगै इपीएस पनि बढ्यो

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १३.३३ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १५ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म मञ्जुश्रीको खुद ब्याज आम्दानी १३.८५ प्रतिशतले बढेर ६२ करोड ११ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ५४ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
हाल यसले चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ७४ करोड ४३ लाख रुपैयाँ जम्मा छ । यस फाइनान्सको एनपीएल बढेर ४।२० प्रतिशत पुगेको छ ।
यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९८ पैसाले बढेर १६ रुपैयाँ ८८ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ १५ पैसा देखिएको छ ।