stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

मेरो माइक्रोफाइनान्सको साधारण सभा आज

लाभांश प्रस्ताव पेश हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज माघ ४ गते मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, कम्पनीमा  रहेको  संस्थापक  सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण  सेयरधनीको  स्वामित्व ४०.६०  प्रतिशतबाट बढाएर ५१  प्रतिशत  पुर्‍याउने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहेकासेयरधनीले लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा विहान साढे ११ बजे सुरु हुनेछ ।

 

prabhu mahalaxmi
kumari