citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

मेरो माइक्रोफाइनान्सको साधारण सभा आज

लाभांश प्रस्ताव पेश हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज माघ ४ गते मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, कम्पनीमा  रहेको  संस्थापक  सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण  सेयरधनीको  स्वामित्व ४०.६०  प्रतिशतबाट बढाएर ५१  प्रतिशत  पुर्‍याउने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहेकासेयरधनीले लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा विहान साढे ११ बजे सुरु हुनेछ ।

 

gold
himalayan life insurance long ad