कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ३३ हजार ८५२ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर संस्थापक शेयरधनी लगायत जोकोही व्यक्ति वा संघ–संस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ ।
इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।