समृद्धि फाइनान्सको सीईओमा टीका निधि लोहनी पुन: नियुक्त
काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा टीका निधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई पुन सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लोहनीको यस अघिको कार्यकाल मङ्सिर १४ गते सकिएको थियो । फाइनान्स कम्पनीले मङ्सिर १५ गतेदेखि लागु हुने गरि उनलाई सीइओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । फाइनान्स कम्पनीले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।