citizens life insurance long ad
stcnepal long ad

फिल्म ‘कैदीको पत्र’को पहिलो गीत सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फिल्म ‘कैदीको पत्र’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी वैशाख १५ गतेलाई  प्रदर्शन मिति तय  गरेको फिल्मले ‘मेरो दिलको तालमा’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीको सङ्गीत छ ।

यस्तै, गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु कुनाल विश्व र व्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय छ । गीतको अङ्ग्रेजी लाइन निखिल गोतामेले लेख्नुभएको हो भने कबिराज गहतराजको कोरियोग्राफि छ ।

प्रेम र रोमाञ्सको कथामा बनेको यो फिल्ममा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाइने निर्देशक सनम कुमार बैरागले बताउनुभयो ।

फिल्ममा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा व्रिटिश कलाकारहरुको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुनुहुन्छ ।

IME Life
kumari