Everest Bank
nabil bank
national life
stcnepal long ad

छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को शुुभारम्भ

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को काठमाडौं स्थित सिभिल मलबाट भब्य सुभारम्भ भएको छ । ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ सुरु भएको ‘निफ’मा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने छन् । ५० भन्दा बढी विदेशी फिल्मकर्मीले महोत्सवको उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । महोत्सव ६ गतेसम्म चल्ने छ ।

कार्यक्रममा विशेष अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालकालागि चाइनाका राजदुत छन् सोङ, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, निफका संयोजक यादव भट्टराई, निफका अध्यक्ष केपी पाठकले मन्तब्य राख्नु भएको थियो । फेष्टिभल उद्घाटन समारोहमा भारत, ब्राजिल, युरोपियन युनियनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिकारुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिएपनि अन्तिम समयमा उनले असमर्थता जनाएका थिए ।

चलचित्रको प्रदर्शन QFX सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् ।

महोत्सवका प्रतियोगी चलचित्र माथि उल्लेखित हलमा चलचित्र प्रदर्शन हुनेछन् भने सम्पूर्ण सेसनहरु भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सञ्चालित हुनेछन् ।

छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको छ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने छ ।

२ चैत २०७९, बिहीवार १९:०९ बजे प्रकाशित

stcnepal long ad