Everest Bank
nabil bank
national life
stcnepal long ad

चलचित्र ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ गीत सार्वजनिक

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं ।  चलचित्र ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ बोलको गीत  शुक्रबार सार्वजनिक भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।

अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको छ ।

प्रबेश पौडेल निर्देशीत चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

केही दिनअघि सार्वजनिक टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ ।

पूर्वी नेपालका विभिन्न खिचिएको चलचित्रको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिव ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।

रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र नयाँ वर्ष २०८० मा रिलिज हुने छ ।

‘बिहे पास’ नामुद फिल्म वितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोश्रो फिल्म हो ।

२६ फागुन २०७९, शुक्रवार १६:३५ बजे प्रकाशित

stcnepal long ad