citizens life insurance long ad
stcnepal long ad

जितुले फेरी मुन्द्रको कमेडी क्लब ल्याउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लामो समयसम्म नेपाल टेलिभिजनबाट हास्य व्यँँग्य शो ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गरेका हास्य अभिनेता जितु नेपालले गत वर्ष यो कार्यक्रम बन्द गरेका थिए । निर्माण पक्षसँगको बिबादका कारण उनले बन्द गरेको मुन्द्रेको कमेडी क्लब अब भने कान्तिपुर टिभीबाट ल्याउने भएका छन् ।

मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै उनले यस्तो जानकारी गराएका हुन् । कि एड्भरटाईजिङले नै फेरी यो कार्यक्रमलाई प्रयोजन गर्ने बाचा गरेपछि आफुहरुले मुन्द्रेको कमेडी क्लब ल्याउन लागेको उनले बताएका छन् ।

यो कार्यक्रम २ चैतबाट हरेक बिहिबारसाँझ कान्तिपुर टिभीमा आउने पनि उनले बताएका छन् । ‘यस कार्यक्रमबाट हाँसो र व्यङ्ग्य मार्फत परिवार, समाज र आम जनमानस समाजलाई सु–सूचित हुने अवसर मिल्ने छ ।

साथै देशका लब्ध प्रतिष्ठित विभिन्न विधाको व्यक्तिहरु पाहुनाका रुपमा स्विकार गरि मनोरन्जन प्रदान गर्नेछँै भन्ने हामीले विश्वास लिएका छौँ ।’ हास्य अभिनेता जितुले पत्रकार भेटघाटका क्रममा भने ।

अघिल्लो यो कमेडी क्लबको अध्यक्षमा सुरुमा दीपाश्री निरौला थिईन् । जितुले दिपालाई निकालेर करिश्मालाई राखे । अब भने अबको मुन्द्रेको कमेडी क्बलमा केरिश्मा मानन्धरको ठाउँमा अध्यक्षको रुपमा नायिका प्रियँका कार्की हुनेछन् । प्रियँकाबाट केही फरक प्रस्तुति आउने जितुको कथन छ ।

दिनेश डिसीको निर्देशनमा तयार हुने मुन्द्रेको कमेडी क्लबमा कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य विभिनन् कलाकारहरुको अभिनय हुनेछ ।

आफुहरुले केही फरक शैलीमा यो कमेडी क्लब ल्याउन लागेको यसका निर्देशक दिनेश डिसीले बताएका छन् । स्वास्थ्य मनोरञ्जननै आफुहरुको मुख्य उदेश्य भएको पनि उनको कथन छ ।

IME Life
kumari