काठमाडौँमा चौँथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
काठमाडौँ । चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०७९ भव्य रुपमा शुरु भएको छ।
काठमाडौं दरबारमार्गमा रहेको राइजिङ मलमा चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रमुख अथितिका रूपमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसी र नेपालकी प्रथम महिला अभिनेत्री भुवन चन्दको उपस्थिति थ्यिो ।
त्यसैगरी, नेपालको पहिलो हास्य महिला कलाकार वसुन्धरा भुसाल, अन्तर्राष्ट्रिय निर्देशक तथा निर्माता एलिना नोडेल, एन मेटि स्कपलरेन लगायत का बिशेष अतिथिहरु पनि समारोहमा उपस्थित थिए ।
नेपाल संस्कृति तथा चलचित्र केन्द्र का अध्यक्ष सन्तोष सुवेदीले सभाको अध्यक्षता गर्नुभएको थियो । महोत्सबमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरु, निर्माता तथा निर्देशकहरुको उपस्थिति थियो।
महोत्सवमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले चलचित्रलाई प्रवर्धन गर्न महोत्सवको भूमिका रहने र आफू पनि नेपाली चलचित्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी, कलाकारहरु भुवन चन्द र वसुन्धरा भुसालले पनि महोत्सवको सफलताको कामना सहित शुभकामना व्यक्त गर्नुभएको थियो। समारोहमा ३४ राष्ट्रका सहभागिता रहेको थियो ।



























