sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको १ मिनेट ३० सेकेन्ड लामो टिजर सार्वजनिक भएको हो । सोही टिजरमा प्रेमी–प्रेमीकाबीच आउने उतार–चढावलाई समेत प्रस्तुत गरिएको छ । सोही टिजरमा साम्राज्ञी निकै नै बोल्ड देखिएकी छन् ।

निर्माता रमेश एमके पौडेलले यस चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रमा निर्देशक पौडेल स्वयमको कथा, गीत र निर्माण रहेको छ । य

स चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा सन्दीप क्षेत्री, खड्कबहादुर पुन (खबपु), इमिली लामा र सरोज खनालको अभिनय रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।  आगामी  पुष २९ गतेबाट  यो चलचित्र नेपाल भर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

prabhu bank
nawakantipur long