citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विश्व कीर्तिमानी राख्न सारंगकोटमा प्याराग्लाइडिङ्ग गर्दै म्यूजिक भिडियो सिडी बिमोचन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

पोखरा । “सरर बग्यो हावा सरर” बोलको गीतको म्यूजिक भिडियो भिसिडी तथा पोष्टर हरि गोपाल प्रधानको शब्द रचना रहेको उक्त गीतमा लोकप्रिय हिपहप गायक निर्णय श्रेष्ठ एवं सुवानि मोक्तानको आवाज रहेको र डा. सरिसा श्रेष्ठ, निर्णय श्रेष्ठ भिडियोमा नायक नायिकाको रुपमा रहेको म्यूजिक भिडियो सारङ्गकोटमा प्याराग्लाइडिङ्ग गर्दै संयुक्त रुपमा बिमोचन गरिएको थियो ।

सारङ्गकोटबाट शुरु गरेर ल्याण्डिङ्ग स्थल चंखपुर, पोखरा, कास्की फेवाताल लेक साईडमा अवतरण गरेको थियो ।

 

कीर्तिमान राख्नको लागि गरिएको यस प्रयासमा वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष श्री सागर कट्वाल सहितको औपचारिक प्रतिनिधिहरुले समग्र प्रक्रियालाई नजिकबाट नियालेर विश्व कीर्तिमानी अवार्डको लागि अगाडि बढाइने वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष श्री कट्वालले जानकारी गराएका छन् ।

यस गीतमा कोरियोग्राफर/निर्देशन आराध्यलक्ष्मी खड्गी र भिडियोग्राफर/सम्पादन सोहन मानन्धर, यस गीतका मौलिक गायिका सरिता अधिकारी, संगीत किशोर खतिवडा र अरेन्जर अमूल कार्की ढली साथै रिमेक अरेन्जमेन्ट बालकृष्ण थारु तथा रिमेक गायक निर्णय श्रेष्ठ, फोटोग्राफीमा पद्म सागर कक्षपतीले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सहयोग गर्नुहुने आरती पौडेल, सागर श्रेष्ठ, हरि प्रसाद शर्मा लगायत प्याराग्लाईडिङ्ग प्रमुख खगराज पौडेल अन्यमा कमल कुमार गुरुङ्ग, सरोज बहादुर भुजेल, रामकुमार श्रेष्ठ, गौतम थापा, सञ्जु परियार आदिले सहयोग गर्नुभएको थियो ।

 

 

himalayan life insurance
igi long