prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

नेपाल ग्रामीण चलचित्र महोत्सवको विजेतालाई अवार्ड

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत साता सम्पन्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड विजेतालाई बिहीबार काठमाडौंमा अवार्ड प्रदान गरिएको छ । गोरखा जिल्लाको लाप्राकमा यो महोत्सव ५ देखि ७ वैशाखसम्म भएको थियो ।

सेलिब्रेटी नेपालको आयोजनामा सम्पन्न महोत्सवमा जुरी टिमले विभिन्न नौ विधाका उत्कृष्ट छनोट गरेको थियो । महोत्सवमा उपस्थित हुन नसकेर अवार्ड लिन बाँकी रहेका चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

महोत्सवमा सर्वोकृष्ट अभिनेतातर्फ ‘चिसो आत्मा’बाट प्रवीन खतिवडा, अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’बाट शारदा अधिकारीलाई अवार्ड प्रदान गरियो । यस्तै, उत्कृष्ट फिचर फिल्मतर्फ ‘टुल्की’लाई ‘स्क्रिन प्ले’तर्फ ‘टुल्की’बाटै शेखर लामालाइल निर्देशकतर्फ ‘टिस्टापारीको साइनो’बाट खिलबहादुर गुरुङलाई अवार्ड प्रदान गरियो ।

जुरी टिममा रहेका कलाकार रवीन्द्र खड्का, लेखक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार/निर्देशक लक्ष्मण सुवेदीलाई प्रमाण पत्र प्रदान गरियो ।

‘भ्वाइस अफ नेपाल म्युजिक इन्डस्ट्रिज’को सहआयोजनामा महोत्सव सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार अन्जान दाहाल (मनीष), कलाकार प्रेम पाण्डे, अभिनेत्री वर्षा खड्का, निर्माता सुदीप पोखरेल, निर्माता सुनिल पोखरेल लगायतलाई सम्मान गरियो ।

२३ वैशाख २०७९, शुक्रवार ०८:१३ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads