stcnepal long ad
ime life insurance
global ime bank long

मदनकृष्णको स्वरमा रहेको ‘एउटा सपना छ’ सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

मदनकृष्णको स्वरमा रहेको ‘एउटा सपना छ’ सार्वजनिक
काठमाडौं । वरिष्ठ हास्यकलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

बुधवार श्रेष्ठको ७२ औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भुमिकामा देखिएकी छिन् । गीतमा बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुवालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुवाको कथामा गीत समेटिएको छ ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गरेका हुन् । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन् । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताए ।

गीत हेरिसकेपछि हास्य कलाकार केदार घिमिरे ९माग्ने बुढा० ले मदनकृष्ण श्रेष्ठले हसाउने मात्रै भनेको सुनेपनि गीत गाएर रुहाएको बताए । उनले श्रेष्ठको गीत भावुक बनाउने र मर्मस्पर्शी रहेको उल्लेख गरे ।

त्यस्तै अभिनेत्री आँचल शर्माले भिडियो र गीत उत्कृष्ट रहेको बताइन् । उनले भिडियोको सम्पादन र क्वालिटी (गुणस्तर) पनि अत्यन्त उत्कृष्ट रहेको उलेख गरिन ।

कार्यक्रममा उपस्थित कलाकारहरुले वरिष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२ औँ जन्मजयन्तीको शुभकामना व्यक्त गरेका थिए ।

prabhu mahalaxmi
kumari