नयाँ गीत ‘दशैँ आयो तिहार आयो’ गायक एकदेव लिम्बूले ल्याए
काठमाडौं । गायक एकदेव लिम्बूले नयाँ गीत बजारमा ल्याएका छन् । केन्द्र मोसन पीक्चर्स मार्फत लिम्बूले ‘दशैँ आयो तिहार आयो’ बोलको नयाँ गीत ल्याएका हुन् ।
गीतमा उनलाई सुनिता थेगिम लिम्बूले साथ दिएकी छन् । गीतको कम्पोज सलिन र एकदेवले नै गरेका छन् । गीतको म्युजिक भिडियोमा भने शसोज खनाल, पल शाह, मलिका महत किरन दाहाल, विपन थापा र किरन दाहालको मुख्य अभिनय रहेको छ । म्युजिक भिडियोको डाइरेक्सन राजेश पुमा राईको रहेको छ ।



























