stcnepal long ad
ime life insurance
national life
global ime bank long

मिसेस नेपाल वल्र्ड आयोजना गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बिबाहित महिलाकाबीच आयोजना गरिँदै आएको मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्थाले अब मिसेस नेपाल वल्र्ड आयोजना गर्ने भएको छ ।

विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यक्तित्व र क्षमता बृद्धीका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले सो प्रतियोगिताका विजेतालाई अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएसँगै अब मिसेस नेपाल वल्र्ड आयोजना हुने भएको छ ।

रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस नेपाल वल्र्डको पहिलो संस्करणको घोषणासँगै यस वर्षबाट यसको बिजेताले सन् २०२२ को जनवरीमा लस भेगासमा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

झाका अनुसार मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगीत हुन पुगेको थियो भने यस वर्षदेखि परिमार्जित रुपमा यसलाई अगाडि बढाइने छ ।

यस सँगसँगै यस वर्षदेखि रिबन इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट मिसेस नेपाल वल्र्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेश्नल गरी तीन बिजेताको छनोट गर्ने छ ।

यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।

यी प्रतियोगितामा बिगतका वर्षमा झैँ यस पटक पनि महिला सशक्तिकरणका लागि सामाजिक मुद्दा उठाइनेछ भने विजेताले वर्षभरी उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने प्रावधान राखिएको छ । यस वर्षलाई क्यान्सर बिरुद्धको जनचेतना अभियानलाई वर्षको मुद्दा बनाइएको छ ।

यस अघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधी जितेका थिए ।

मिसेस इन्टरनेसनलमा यस अघि नेपालबाट सुरुचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधीहरु जिती नेपाल र नेपालीको प्रतिष्ठा बढाएका थिए ।

मिसेस नेपाल इन्टरनेसनल २०१८ कि विजेता चन्दा थापा गिरीले मिसेस इन्टरनेसनलमा मिसेस एशिया प्यासिफिक २०१८ को ताज जित्न सफल भएकी थिईन् । त्यसैगरि एमएस इन्टरनेसनलमा नेपालको तर्फबाट संगीता बस्यालले सहभागिता जनाएकी थिईन् ।

 

IME Lifesidebar
kumari