stcnepal long ad
global ime bank long

डा. रिजाल विदेशमा बसे पनि फिल्म निर्माण र निर्देशनमा सक्रिय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विदेशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन्। तीमध्येका एक हुन् डा. कपिल रिजाल।  रिजाल पेशाले दन्त चिकित्सक हुन्। तर फिल्म निर्देशनमा पनि उनी सक्रिय छन्। त्यो पनि अंग्रेजी फिल्म। साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आएका डा. कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आफ्नो पिताको पथ पछ्याएका छन्।

ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल्म निर्माता, गायक एवं गीतकार डा. भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गरेको छोटो फिल्म कर्मा: लाईफ इज ए बुम¥याङ, यु गेट ह्वाट यु गिभ हालै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

अंग्रेजी भाषामा तयार पारिएको फिल्म जस्तो कर्म ग¥यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ। २६ वर्षदेखि लण्डनमा बसी आफुलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रुपमा उभ्याउन सफल डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो। डा. रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सन, लण्डनको व्यानरमा निर्मित फिल्ममा उनले लण्डनवासी नेपालीका साथमा लण्डनका कलाकारहरुलाई अभिनय गराएका छन्।

हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक) मूख्य भूमिकामा छन् भने लण्डनकी डेली एलन नायिका रहेकी छिन्। उनीहरुका साथमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन्।

सम्पूूर्ण छायांकन कार्य लण्डनमा गरिएको फिल्मको पोष्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको छ। सस्पेन्स थ्रिलर फिल्ममा कथा डा। कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन्।

स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको फिल्ममा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्म ११ मिनेट २२ सेकेन्डको छ।

डा. रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड १९ को विषयमा एकल कलाकार लिएर गिल्ट नाम छोटो फिल्म बनाएका थिए भने २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सट फिल्म बनाएका थिए।

डा. रिजालले आफ्ना पिता डा. भोला रिजालका कारण रगतमै चिकित्सा क्षेत्र र फिल्म रहेकाले आफु पनि दुबै क्षेत्रमा सक्रिय भएको बताए। ‘ब्लडमै डक्टरी पेशा र फिल्म छ, त्यसैले म यी दुबै क्षेत्रमा रमाईरहेको छु’ काम विशेषले हाल नेपालमा रहेका डा. रिजाल भन्छन्। डा. रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियो समेत निर्देशन गरिसकेका छन्।

IME Lifesidebar
kumari