stcnepal long ad
global ime bank long

निफका सबै कार्यक्रम अनलाइनमा !

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल चलचित्र तथा सान्स्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आईरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) को चौथो प्रतिष्ठानले नियमित भएको भए गत फागुनमै हुनु पर्थ्यो तर कोरोना महामारिको कारणले गर्दा अनलाइन नगरने/फिजिकल नै गर्ने उदेस्यले बैशाखको २३–२७ सारे तापनि यो समयमा झन कोरोना सन्क्रमण बढ्न थाले सँगै सरकारले लकडाउन गरे पछि यसका सम्भब भएसम्मका गतिबिधी अनलाइन गर्ने/चलचित्र प्रदर्शन नेट टिभीबाट निर्णय भएको यस महोत्सबका अध्यक्ष केपी पाठकले बताउनु भयो।

‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ।

कोभिड १९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशि सहित गौतम बुद्धअवार्ड प्रदान गरिने छ।

यसै गरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मतीअवार्ड यथावत रुपमा प्रदान गरिने छ ।

त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख ,उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार रफिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता रअभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ ।  त्यसैगरी International Federation of film societies को तर्फबाट IFFS Don Quijote Award  उत्कृष्ट फिचर फिल्मको लागि प्रदान गरिने छ। यस  महोत्सबको देहाय बमोजिमको जुरी कमिटी बनाएको आयोजकले बताएको छ। बिस्त्रित जानकारीको लागि यो लिन्क क्लिकको लागि अनुरोध छ।

 

IME Lifesidebar
kumari