citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल लिकर्स र गायक दिपक बज्राचार्य बिच सांगीतिक सहकार्य

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा गायक दिपक बज्राचार्यसंग सांगितिक सहकार्य समबन्धि सम्झौता भएको छ ।

विगत लामो समयदेखि गायक बज्राचार्यसंग नेपाल लिकर्सले विभिन्न कार्यक्रमको सहकार्य गर्दै आइरहेका थिए । सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप सोमबार उक्त सम्झौता गरिएको हो ।

नेपाल लिकर्सका अध्यक्ष राजेश विर सिहं तुलाधरले नेपाली संगित हाम्रो पहिचान भएकोले यसको प्रर्वद्धनका लागि गायक बज्राचार्यसंग सहकार्य गरिएको बताए ।

उनले गुणस्तरको मामिलामा वर्षैदेखि नेपालीमाझ लोकप्रिय रहेकोले यसलाई सांगितिक क्षेत्रले अझ उत्साहित गर्नेमा विश्वस्त रहेको बताए । यसले नयाँ कलाकारलाई समेत प्रात साहित गर्दै आगामी दिनमा नेपाली कलाकारको उत्थानमा लागि रहने अध्यक्ष तुलाधरको भनाई छ ।

नेपाल लिकर्सले नेपालमा एन्टिकुइटी व्लू व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रियर व्हिस्की, रोयर च्यालेन्ज व्हिस्की, व्लू रिव्याण्ड जिनको उत्पादन गर्दै आएको छ । उत्कृष्ठ कच्चा पदार्थ तथा उच्च स्तरिय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्टान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आएको छ ।

himalayan life insurance
igi long