citizens life insurance long ad
stcnepal long ad

‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ‘लप्पन छप्पन २’ को ट्रेलर महाशिवरात्रिको अवसर पारेर बिहीबार सार्वजनिक गरिएको छ । मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर एक समारोहका बिच सार्वजनिक गरिएको हो ।

फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ भने फिल्मको प्रस्तुतकर्ता खिलेन्द्रराज तिमल्सिना रहेका छन् ।

यसै फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत वन्त आिदले यो फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट ९एमआरआरजे०, दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी, हिमाल केसी र निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्यमा निर्माण गरेका हुन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेका छन् । यो चलचित्र आगामी चैत २७ गतेदेखि प्रदर्शन हुँदैछ ।

IME Life
kumari