citizens life insurance long ad
stcnepal long ad

मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दक्ष इन्टरटेनमेन्ट प्रा.लि.ले हरेक वर्ष झै यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो ।

अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ ।

त्यसै गरी मिसेस व्युटीफुुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहीणी जीवन बिताईरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए ।

पाण्डेका अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षण पश्चात पूजा नाथ पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रन्जीत र सविना खुलाल छैठौं संस्करणको मिस व्युटीफुल नेपाल २०२१ प्रतियोगितामा भिड्न तयार भएका छन् ।

त्यसै गरी पांचौ संस्करणको मिसेस व्युटीफुुल नेपाल २०२१ मा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (नीलम), विनिता देउला, सुशिला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरु थापा, अञ्जु न्यौपाने, सिर्जना रुपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्काले अन्तिम स्पर्धा गर्दैछन् ।

प्रतियोगिताको अन्तिम स्पर्धा नजिकिँदै गर्दा मिस ट्यालेन्ट व्युटिफुल र मिसेस ट्यालेन्ट व्युटिफुल उपउपाधिका लागि दुबै प्रतियोगिताका प्रतियोगीहरुले आयोजकद्वारा राजधानीमा आयोजना गरेका ट्यालेन्ट शो मा आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्। दुबै प्रतियोगितका प्रतियोगिहरुले गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाककला जस्ता आफ्ना प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोशिष गरेका थिए । ट्यालेन्ट शोका लागि कोरियोग्राफर, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमूख निर्णायक तथा अभिनेत्री रश्मी भट्ट, गायक साुन थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठ निर्णायक रहेका थिए ।

IME Life
kumari