बलिउड अभिनेता राजीव कपूरको निधन
एजेन्सी । बलिउडका अभिनेता राजीव कपूरको निधन भएको छ । उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । उनको निधन ५८ वर्षको उमेरमा भएको छ । उनी राज कपुरको कान्छो छोरा र रणधीर कपूर र ऋषि कपूरका कान्छो भाई थिए।
उनले राज कपुरको फिल्म राम तेरी गंगा मैलीबाट फिल्म जगतमा डेब्यू गरे। यो फिल्म धेरै सफल थियो। यद्यपि उनले धेरै चलचित्रहरू गरेनन्।उनले ऋषि कपूरको अत्यधिक सफल फिल्म प्रेम ग्रन्थको निर्देशण गरेका थिए ।























