citizens life insurance long ad
stcnepal long ad

दीपेन्द्र राईको “सलल कोशी” सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पुर्बेली लोक गायक दीपेन्द्र राईको स्वरमा रहेको “सलल कोशी” सार्वजनिक भएको छ । दीपेन्द्रले गायिका लीला राई सँगको ड्यूट पुर्बेली लोक भाका लिएर आएका हुन्। “बेल्टार बजार” गीतको सफलता पछि दीपेन्द्रले नेपाली सांगेतिक क्षेत्रमा यो गीत लिएर आएका हुन् ।

पूर्बान्चल म्युजिकको प्रस्तुती रहेको यो गीतमा संगीतकार रुद्र श्रेष्ठको संगीत(शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन्। गीतमा पुर्बेली गाउबेसीको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ।

म्युजिक भिडियोमा सन्ध्या राईलाई गायक दीपेन्द्र राई स्वयमले अभिनय गरेका छन् । साथै गायक रक्षक राई , रुद्र श्रेष्ठ लगायतका कलाकारहरुले साथ दिएका छन्।

भिडियोमा आन्तरिक पर्यटकहरुका लागि गन्तब्य बन्दै गरेको हतुवागढी प्रबेशद्वार माइबेणी, हलेदेटार, कोप्चे, शिलौली भञ्ज्याङ,बेणी डाडा माथि बाट कैद भएका अरुण पारीको सिम्ले,त्रिबेणी धनकुटा, दुधकोशी पारीको मैनामैनी अनी जेट बोट र सलल बगेको अरुण, दुधकोशी, तमोर सबै मिलेर बनेको सप्तकोशी वरपरका दृष्‍यहरु साच्चिकै मनमोहक देखिएको छ। रुद्र श्रेष्ठले निर्देशन गरेको यो भिडियोलाई सिनेमेटोग्राफर रिकेश बज्रचार्यले भिडियो सम्पादन गरेका छन् ।

IME Life
kumari