stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मिस ब्युटिफुल नेपाल २०२० को उपाधी रुपा अधिकारीलाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दक्ष ईन्टरनेशनल प्रँलिले राजधानीमा एक साथ दुई सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२० आयोजना गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा रुपा अधिकारीले मिस ब्युटिफुल नेपाल २०२० को उपाधी चुमेकी छिन् । उनले बेस्ट स्माईल सब टाईटल समेत हात पारिन् । मेनुका श्रेष्ठ फस्ट रनर्सअप र अस्मिता भट्ट सेकेण्ड रनर्सअप बने अस्मिताले बेस्ट ट्यालेन्ट र मास्ट एक्टिभ टाईटल समेत हात पारिन् । शुविशा गौतम थर्ड रनर्सअप सावित भइन् भने उनले मस्ट फोटोजेनिक फेस तथा बेस्ट मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२० हेयरको टाईटल पनि जितिन् ।
अविबाहित युवतीहरुबीचको यो प्रतियोगितामा एरिका बाराकोटो बेस्ट ¥याम्प वाक, सविना राई मस्ट डिसिप्लेन्ड, सायरा सिलवाल मस्ट पंचुअल, यमुना आचार्य बेस्ट लिडरशिप, मेनुका श्रेष्ठ बेस्ट डान्स र फेशन आईकन, निलम बानिया बेस्ट फिजिक, प्रबिना बानिय मस्ट क्रियटिभ, आविशा गौतम बेस्ट पर्सनालिटी, आरजु न्यौपाने युट्युव मस्ट भ्युज, अस्मिता भट्ट फेसबुक च्वाईस, रोशनी पुन बेस्ट स्किन, शोभा रिजाल मस्ट आईकोनिक आईज तथा भ्युअर्स च्वाईस, सुस्मिता देव सोसल वेलफेएर एम्बेसडर, एन्जिला सिह युथ वीद रेस्पोन्सबिलीटी, सुजात भट्टराइ मस्ट पोजेटिभ एटिट्युड तथा मनिसा लाकन्दरी मिस कन्जिनियालिटी टाईटल विजेता बने ।


त्यसैगरी बिबाहित महिलाहरुबीचको प्रतियोगितामा उर्मिला पन्त भण्डारीले मिसेस व्युटिफुल नेपालको उपाधि चुमिन भने मस्ट ट्यालेण्टेड तथा भ्युअर्स च्वाईस टाईटल विजेता पनि भइन् । मुना त्रिताल फस्ट रनर्सअप भईन् भने बेस्ट पर्सनालिटिको टाईटल समेत हात पारिन् । सेकेण्ड रनर्सअप बनेकी सुनिला केसी कार्कीे बेस्ट डान्सरको टाईटल विजेता समेत बनिन् । त्यसैगरी मिस्मा खड्का थापा थर्ड रनर्सअप बनिन् । उनले मस्ट फोटोजेनिकको टाईटल र युट्युव मोस्ट भ्युजको टाईटल पनि हात पारेकी थिइन् । यसैगरी शारदा क्षेत्री बेस्ट ¥याम्प वाक, एलिना कार्की मस्ट डिस्सिप्लेन्ड, भावना थापलिया देवकोटा बेस्ट स्माईल, प्रमिला प्रधानांग मस्ट पंचुअल, रुथ पौडेल बेस्ट लिडरशिप र बेस्ट सिंगर, यशोदा खत्री मस्ट एक्टिभ र फेसबुक च्वाईस, दिक्षा थापा बेस्ट फिजिक, कल्पना लामाङदे बेस्ट हेयर, लक्ष्मी शाही बेस्ट स्पिच, पु्जा दास बेस्ट स्किन, मिना खड्का बेस्ट फ्रेण्डली र यशोदा गड्तौला व्युटि वीथ पर्पस टाईटलका विजेता बने ।
प्रतियोगितामा अभिनेता सरोज खनाल प्रमुख निर्णायक रहेका थिए भने गायक आनन्द कार्की, अभिनेता रमेश उप्रेती, गायिका सिन्धु मल्ल, हास्य कलाकार तथा निर्देशक शिवहरी पौडेल, गायक डा. आभाष लाभ र गीतकार डा. डीआर उपाध्याय निर्णायक रहेका थिए ।

prabhu mahalaxmi
kumari