stcnepal long ad
global ime bank long

सुरवी वज्राचार्य १५ औँ मिस लिटिल नेवाः घोषित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बालिकाबिचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी वज्राचार्य १५ औँ मिस लिटिल नेवाः घोषित हुनुभएको छ । उहाँले मिस लिटिल नेवाःको ताजसहित नगद २५ हजार रुपियाँ तथा विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।

नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सहआयोजनामा आयोजित प्रतियोगितामा काठमाडौँको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप र कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेन्ड रनर्सअप बन्नुभएको थियो ।

दुवैले उपविजेता र सहविजेताको ताजसहित व्रmमशः १५ र १० हजार रुपियाँ नगद र विभिन्न उपहार प्राप्त गर्नुभएको थियो । लायन्स क्लब इन्टरनेसनल ३२५ का पास्ट डिस्ट्रिक गभर्नर मनिश्रीरत्न वज्राचार्य मुख्य निर्णायक रहनुभएको प्रतियोगितामा अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेवार भाषा प्रशिक्षक राजु नापित र ज्यापू समाज यलका अध्यक्ष शान्तमान महर्जन निर्णायकमा हुनुहुन्थ्यो ।

आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउने अभियानमा अभिप्रेरित गरी नेवार हुनुमा गर्व गराउने उद्देश्यले १५ वर्षदेखि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।

प्रतियोगिता मिस नेवाः सकिना महर्जन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः कृषा महर्जनको संयोजनमा सम्पन्न भएको थियो ।

IME Lifesidebar
kumari