stcnepal long ad
ime life insurance
national life
global ime bank long

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको प्रिज्मा डी.सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उहाँलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट यहाँले पत्रकारिता पेशामा पुर्‍याउनु भएको योगदान अतुलनीय छ । साथै चलचित्र पत्रकारितामा यहाँले देखाउनु भएको सक्रियता र निरन्तरता प्रसंशनीय छ ।

आगामी दिनमा पनि निरन्तर चलचित्र पत्रकारिताको अपेक्षासहित तपाईंको योगदानको कदर स्वरूप १६औं प्रिज्मा डी।सिने अवार्डका अवसरमा रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ’, सम्मान पत्रमा भनिएको छ ।

मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनु भएकी अधिकारीका एक दर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् भने ‘मैले पढेका ५२ पुस्तक’ र ‘मेरा कलम डोबहरू’ जस्ता कृति पाठकमाझ आएका छन् ।

मिलाप मासिक र अनलाइनकी कार्यकारी समेत रहनुभएकी अधिकारीका राजधानी र मोफसल दैनिक पत्रपत्रिकाहरूमा समसामायिक विषय, महिला हिंसाका साथै विभिन्न साहित्यिक लेख रचनाहरू प्रकाशित भइरहेका हुन्छन् ।

पत्रकारिताका अलावा विभिन्न विज्ञापन, तथा चलचित्रका पर्दामा पनि देखिने गीत साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।

प्रिज्मा डी.सिने अवार्ड समारोहमा कला क्षेत्रका अन्य विशिष्ठ व्यक्तित्वहरूलाई उहाँहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान एवं पुरस्कार अर्पण गरिएको थियो ।

यस्तै चलचित्रका विभिन्न २१ विधाका स्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा विशिष्ठ कलाकार, समाजसेवी, सञ्चारकर्मीलगायत व्यक्तित्वको उपस्थिति थियो ।

IME Lifesidebar
kumari