stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मिसेस हेरिटेजको शीर्ष ताज नेपाललाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि नेपालले जितेको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस् हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी हुन्।

मिसतर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन्। दुवै शीर्ष विजेताले पर्सनालिटी बिधाको अवार्डसमेत हात पार्न सफल रहे।

प्रतियोगितामा ‘मिसेस हेरिटेज इन्टरेनसनल’तर्फ फिलिपिन्स फष्ट रनरअप, भारत सेकेण्ड रनर अप, लाट्भिया थर्ड रनर अप र सर्विया फोर्थ रनर अप बन्दा मिसेस्तर्फ म्यानमार फष्ट रनर अप, युके सेकेण्ड रनर अप, जापान थर्ड रनर अप र पेरू फोर्थ रनर भयो। इप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना रहेको प्रतियोगिताको संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले सह-समन्वय दुर्गा बिशुरालद्वारा गरिएको थियो।

स्टेज प्रस्तुतीकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर बेस्ली शले संयुक्त रूपमा सम्लाहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए।

सौन्दर्य प्रतियोगितामार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवद्र्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगिताको सातौं संस्करण हो।

थाइल्याण्डमा आयोजित ‘हेरिटेज प्याजेन्ट्स २०२४’मा नेपाली बालबालिकाले सफलता प्राप्त गरेका छन्। इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टका तर्फबाट सहभागी बालबालिका मध्ये प्रणय मानन्धरले ‘हेरिटेज जेम्स इन्टरनेसनल २०२४’ को शीर्ष उपाधि चुम्दा क्यारिन दोङले ‘हेरिटेज जेम्स वल्र्ड’को ताज पहिरिन सफल भए।

प्रतियोगितामा निशान उलक ‘हेरिटेज जेम्स अर्थ फष्ट रनर अप’ र नभ्नी उलक ‘हेरिटेज जेम्स एशिया फष्ट रनर अप’को रूपमा चयन भए।

थाइल्याण्डको राजधानी बैंकक शहर आयोजित प्रतियोगीतामा बालबालिकालाई इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टकातर्फ प्रतियोगिताका लागि नेसनल डाइरेक्टर धीरज तण्डुकारले नेतृत्व गरेका थिए।

सहभागी चारजानै बालबालिका इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा सम्पन्न ‘नेसनल किड्स अफ द इयर २०२४’का विभिन्न उपाधि विजेता हुन्।

सहभागी बालबालिकामध्ये क्यारिन दोङ नेसनल किड्स अफ द इयरका सिनियरतर्फका विजेता हुन्। निशान उलक फष्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियरतर्फका विजेता हुन्।

नभ्नी भने सिनियरतर्फका मोष्ट डिसिप्लीन उपाधि विजेता हुन्। हेरिटेज प्याजेन्टस्मा सहभागी हुने नेपाली बालबालिकाहरूको विभिन्न प्रस्तुतिका ड्रेसहरू भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर ड्रेस हायर सेन्टरले तयार पारेको हो।

ट्यालेन्ट राउण्डका लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी हुन् भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएकी थिइन्। सहभागीको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको हो।

prabhu mahalaxmi
kumari